18, May, 2024

मोरङको पथरी शनिश्चरेमा बालिकाकाे हत्या गरेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ

बागमती भ्वाइस
बागमती भ्वाइस
२२ फाल्गुन २०८०, मंगलवार १६:४५ | २ महिना अगाडी

विराटनगर । मोरङको पथरी शनिश्चरेमा बालिकाकाे हत्या गरेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हत्यामा संलग्न रहेकाे आशंकामा माेरङकाे ग्रामथान गाउँपालिका-४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरिएको हो । बालिकाको हत्यापछि फरार रहेका उनलाई बेलबारीस्थित भाउन्नेकाे जंगलबाट पक्राउ गरेको प्रहरीको भनाइ छ ।

खोटाङको ऐंसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी १५ वर्षीया ज्ञानमती थुलुङ राईको साेमबार राति निर्मम हत्या गरिएकाे थियाे ।

ज्ञानमती पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित मामाको छोरा विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएकी थिइन् ।

सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०ः३० बजे उनको हत्या भएको थियो ।

२२ फाल्गुन २०८०, मंगलवार १६:४५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading