29, May, 2024

विमानस्थलमा खटिने प्रहरीलाई हवाई सुरक्षा तथा खानतलासी सम्बन्धी अभिमुखीकरण तालिम प्रदान

Bagmati Voice
संवाददाता
२२ फाल्गुन २०८०, मंगलवार १४:५८ | २ महिना अगाडी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा खटिने प्रहरीलाई हवाई सुरक्षा तथा खानतलासी सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरेको छ ।

कार्यालयका अनुसार पछिल्लो तीन साताको अवधिमा विमानस्थलमा कार्यरत १२० जना नेपाल प्रहरीका जनशक्तिलाई यस्तो तालिम दिएको हो ।

विमानस्थलमा सरुवा भएर आउने नयाँ प्रहरी कर्मचारीलाई सर्वसाधारणसँग गर्नुपर्ने व्यवहार, उपकरण सञ्चालन तथा खानतलासीसँग सम्बन्धित तालिम दिने गरिन्छ ।

यसअघि विमानस्थलमा खटिने प्रहरी कर्मचारीहरु खानतलासीका क्रममा गर्ने व्यवहारका कारण आलोचित समेत हुँदै आएका छन् ।

२२ फाल्गुन २०८०, मंगलवार १४:५८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading