18, May, 2024

नेपाली कांग्रेसको आधिकारिक फेसबुक पेज ह्याक

बागमती भ्वाइस
बागमती भ्वाइस
२२ फाल्गुन २०८०, मंगलवार १०:१८ | २ महिना अगाडी

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले गठबन्धनको काँध फेरेपछि सत्ताबाहिर पुगेको नेपाली कांग्रेसको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । कांग्रेसको फेसबुक पेजकाे ग्रुपहरुमा आज विहानदेखि अश्लिल भिडिओ अपलोड भइरहेका छन् ।

कांग्रेसको फेसबुक पेजको ग्रुपमा समेत अश्लिल भिडिओहरु अपलोड भइरहेका छन् । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले फेसबुक पेज ह्याक भएको बताए ।

उनका अनुसार गोदावरीमा सम्पन्न महासमिति बैठकको दोस्रो दिनदेखि नै फेसबुक पेज ह्याक भएको थियो । यसबारेमा फेसबुकलाई पार्टीले आधिकारिक पत्र लेखेर पठाए पनि जवाफ नआएको विश्वकर्माले बताए ।

२२ फाल्गुन २०८०, मंगलवार १०:१८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading