28, Apr, 2024

मधेश प्रदेशको मुख्यमन्त्री फेरिएपछि मात्र सरकारमा जाने जनमत पार्टीको अडान

बागमती भ्वाइस
बागमती भ्वाइस
२१ फाल्गुन २०८०, सोमबार १६:०४ | १ महिना अगाडी

जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेश सरकारको नेतृत्व बदल्ने सहमतिपछि मात्र नयाँ गठबन्धनको सरकारमा सहभागी हुने भएको छ ।

जनमतको आज बसेको सचिवालय बैठकले मधेश सरकारको नेतृत्व फेरिए मात्र सरकारमा सहभागी हुने बटम लाइन तय गरेको हो ।

मधेश प्रदेशमा जसपाले नेतृत्व गरिरहेको छ । जसपा संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री छन् । जसपासँगै विवादका कारण जनमत सरकारबाट बाहिरिएको थियो ।

त्यसैले अब जसपाबाट नेतृत्व खोसिने ग्यारेन्टी भए मात्र नयाँ गठबन्धनको सरकारमा सहभागी हुने शर्त जनमतले राखेको छ ।

सचिवालय बैठकपछि जनमतका सचिव बिपी साहले भने, ‘मधेश प्रदेशको नेतृत्व जनमतलाई दिनुपर्ने विषयमा छलफल भयो । हामीलाई नेतृत्व नदिए जसपा बाहेकले नेतृत्व गर्नुपर्छ । यसमा सहमति भएपछि मात्र सरकारमा जानेछौँ ।’

उनले सरकारमा सम्मानजनक सहभागिता चाहेको बताए । उनले भने, ‘मन्त्री दिने तर सहकार्य र समन्वय नगर्ने समस्या विगतमा देखियो । यो समस्या आउनु हुँदैन् । यस विषयमा पनि सहमति हुनुपर्छ ।

२१ फाल्गुन २०८०, सोमबार १६:०४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading