18, May, 2024

शालिनको मृत्युबारे चितवनका सीडीओ, एसपी र डीएसपीले गरे गृहमन्त्रीलाई संयुक्त व्रिफिङ

बागमती भ्वाइस
बागमती भ्वाइस
२० फाल्गुन २०८०, आईतवार १३:३९ | २ महिना अगाडी

काठमाडौं । चितवनको शिशु निकेतन विद्यालयको छात्रावासभित्र बालिका मृत भेटिएको घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले चितवनको प्रहरी प्रशासनबाट ब्रिफिङ लिएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, एसपी भावेस रिमाल र डीएसपी श्रीराम भण्डारीले गृहमन्त्रीलाई संयुक्त ब्रिफिङ गरेका हुन् ।

सीडीओ कार्यालयबाट फोनमार्फत गृहमन्त्रीलाई घटनाबारे जानकारी गराइएको डीएसपी भण्डारीले बताए । सो घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ । बालिकाको शव पोस्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको छ ।

हिजोमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमा स्टाटस लेख्दै घटनाको सुक्ष्म अनुसन्धानका लागि आफूले निर्देशन दिएको बताएका थिए ।

२० फाल्गुन २०८०, आईतवार १३:३९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading