18, May, 2024

हिमाली जिल्ला मुगुमा हवाई सेवा अवरुद्ध

बागमती भ्वाइस
बागमती भ्वाइस
२० फाल्गुन २०८०, आईतवार ११:०८ | २ महिना अगाडी

सुर्खेत । हिमाली जिल्ला मुगुमा हवाई सेवा अवरुद्ध भएको छ । शनिबार बिहानैदेखि वर्षा तथा हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो ।

वर्षा र हिमपात हुँदा नेपालगन्जबाट आउने हवाई सेवा अबरुद्ध भएको जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी हरि बहादुर खत्रीले जानकारी दिए ।

शनिबारदेखि वर्षा भएका कारण नेपालगन्जबाट तारा, समिट र सीता एयरका जहाजले उडान नभएको खत्रीले बताए ।

हवाई सेवा अवरुद्ध हुँदा गमगढी बाट नेपालगञ्ज र सुर्खेत जाने यात्रुहरु पनि रोकिएका छन्।

२० फाल्गुन २०८०, आईतवार ११:०८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading