वि.सं.२०८३ जेठ १६ शनिवार

आई क्लबमा काम गर्ने महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा ट्याक्सी चालक पक्राउ

khanepani

काठमाडौंको दरबारमार्गस्थित आई क्लबमा काम गर्ने महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा ट्याक्सी चालक पक्राउ परेका छन् ।

आई क्लबमा काम गर्ने युवतीहरुलाई बिहान घर पुर्‍याउने जिम्मेवारी पाएका ५८ वर्षीय पदम घ्याम्चो तामाङ पक्राउ परेका हुन् । अर्का २९ वर्षीय दीपकबहादुर श्रेष्ठमाथि पनि बलात्कारको आरोप लागेको छ । घटना गत माघ २० गतेको हो । जाहेरवालाले आफू क्लबमा आउने ग्राहकहरुसँग बसेर मदिरा सेवन गर्ने गरेको उल्लेख गरेकी छन् ।

राति काम सकेर क्लबमा काम गर्ने ५ जना युवतीलाई बिहान साढे ४ बजे ट्याक्सीमा राखेर पदमले घर पुर्‍याउने क्रममा आफूलाई भने गोठाटारस्थित शैलुङश्वरी होटल एन्ड लजमा पुर्‍याएर उनीसहितले बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

जाहेरवालाले माघ २० गते अपरान्ह ४ बजेमात्र मदिराले छोडेर आफ्नो होस खुल्दा नग्न अवस्थामा पाएपछि बलात्कृत भएको थाहा पाएको प्रहरीसमक्ष बताएकी छन् । पक्राउ परेका पदमको दाबीअनुसार घर पुर्‍याउने क्रममा जाहेरवाला ट्याक्सीबाट बाहिर निस्कनै सक्ने अवस्थामा नभएकाले जम्बु डाँडामा पुगेर सार्वजनिक स्थानमा पार्किङ गरेका थिए ।

त्यति बेलै उनका साथी दीपक प्राइभेट कार लिएर त्यहाँ पुगेका थिए । उनले ट्याक्सीभित्र युवती देख्नेबित्तिकै होटल जाने आशय व्यक्त गरेर उनले होटल लगेको दाबी गरेका छन् ।

पछि जाहेरवालाले नै बोलाएपछि आफू उनी बसेको कोठामा पुगेको उनको दाबी छ । पदमका अनुसार जाहेरवालाकै आग्रहमा उनीहरुबीच शारीरिक सम्पर्क भएको थियो । यो घटनामा सुजन भने फरार छन् । दुवै जनाविरुद्ध ७ देखि १० वर्षसम्म कैद सजाय माग गरेर अभियोगपत्र दायर गरिएको छ ।

ranechhap