वि.सं.२०८३ भदौ ३ बुधवार

एकै रात सहकारीका दुई कार्यालयबाट करिब १३ लाख चोरी

khanepani

विराटनगर मोरङको लेटाङमा रहेको एकीकृत जनभावना वचत तथा ऋण सहकारी संस्थाको दुईवटा कार्यालयबाट १२ लाख ८१ हजार रुपैयाँ चोरी भएको छ ।

लेटाङ नगरपालिका-२ फँडानीमा रहेको संस्थाको मुख्य कार्यालय र लेटाङ-२ खैरेनीमा रहेको शाखा कार्यालयबाट रकम चोरी भएको हो ।मुख्य कार्यालयबाट ८ लाख ९० हजार ४ सय ४५ रूपैयाँ र शाखा कार्यालयबाट ३ लाख ९० हजार ५ सय ८५ रूपैयाँ चोरी भएको सहकारीका अध्यक्ष हेरम्भराज भट्टराईले जानकारी दिए ।

मुख्य कार्यालयभित्र तीनवटा गेट थिए । एउटा गेटमा ४ वटासम्म ताला लगाइएको थियो । सबै गेटको ताला तोड्दै भित्र छिरेर चोरी भएको देखिएको उनले बताए ।सहकारीको निगरानीका लागि सीसी क्यामेरा जडान गरिएको थियो । तर, चोरीमा संलग्नले सीसी क्यामेराको डिभाइस नै लिएर गएको देखिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सीसी क्यामेराको डिभाइस नै गायब पारिएकाले घटनामा संलग्नको पहिचान गर्न समस्या भइरहेको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले विशेष टोली परिचालन गरेको छ ।

ranechhap