काठमाडौं । सिंहदरबार र नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको फुटपाथमा हिड्न रोक लगाइएको छ ।
सोमबार दिउँसो लघुवित्त तथा मिटरव्याजपीडित संसद भवन पुगेपछि आज त्यसवरपर सर्वसाधरणलाई हिड्न रोक लगाएको हो । सिंहदरबार वरपरका फुटपाथमा निषेधित क्षेत्र भनेर टाँसिएको छ । साथै फुटपाथमा डोरी टाँगिएको छ ।









































