वि.सं.२०८१ माघ ५ शनिवार

निर्माणाधीन आयोजनाको संख्या नै अधिक रहेकाले अधुरा आयोजनामा स्रोत सुनिश्चितपछि मात्रै नयाँ आयोजना थालिने छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा‍. प्रकाशशरण महतले हाल निर्माणाधीन आयोजनाको संख्या नै अधिक रहेकाले यी अधुरा आयोजनामा स्रोत सुनिश्चित नभएसम्म नयाँ आयोजना सुरु नगरिने बताएका छन् ।

आगामी आर्थिक वर्ष (आव) को बजेटबारे संसदमा भएको छलफल कार्यक्रममा मन्त्री महतले अधुरा आयोजनामा स्रोत सुनिश्चितविना नयाँ आयोजना सुरु नहुने बताए ।

स्रोत सुनिश्चित भइसकेका आयोजनालाई आगामी आर्थिक वर्षको बजेटमा रकम बिनियोजन गरिने उनले बताए ।

काठमाडौं– निजगढ द्रुत मार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर क्षेत्र जोड्ने करिडोरहरु समयमै सम्पन्न गर्न जोड गरिने उनले बताए ।

बन्द भएका सार्वजनिक संस्थानलाई निजी क्षेत्रको समन्वयमा सञ्चालन गर्न पहल गरिने उनले बताए ।

निजी क्षेत्रका उद्योगहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक जग्गा प्राप्ती सहजीकरण गर्ने उनले बताए ।