काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छोडेको पानीमा दुई जना बेपत्ता भएका छन् ।
हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक बेपत्ता भएका सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए । मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडवक्स हेलम्वुमा सुरुङमा पानी परिक्षण गर्दा इन्जिनियर सतिश गोहित र ड्राइभर राधाकृष्ण थापामगर वेपत्ता ।
शेखर खनाल र दावा लामाको उद्धार । वा १ झ ८७६४ नम्वरको गाडी समेत बगायो ।
सुरुङको १७ नम्वरको गेट फुट्दा दुर्घटना भएको हो । हाल मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षणको काम भइरहेको छ । परीक्षणका क्रममा सुरुङमा समस्या देखिएर हेर्न गएको ४ जनालाई पानीले बगाएको थियो ।
उनीहरुमध्ये २ जनाको जीवितै उद्धार गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई उपचारका लागि मेलम्ची अस्पताल लगिएको छ । ‘ थप उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टर बोलाइएको छ’ प्रहरी प्रमुख महर्जनले बताए । बेपत्ता २ जनाको प्रहरीले खोजी सुरु गरेको छ ।