वि.सं.२०८३ असार २१ आइतवार

सिन्धुलीमा क्रान्तिकारी माओवादी र मसालको जिल्ला कमिटी एमालेमा समाहित

khanepani

सिन्धुलीमा । सिन्धुलीमा क्रान्तिकारी माओवादी र मसालको सिंगो जिल्ला कमिटी नै नेकपा एमालेमा समाहित भएको छ ।

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एक कार्यक्रमका बीच दुई पार्टीका जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरूलाई एमालेमा स्वागत गरे ।

मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालका जिल्ला सेक्रेटरी सन्तबहादुर विक नेतृत्वको टोली र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको जिल्ला कमिटी पनि एमालेमा समाहित भएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताहरू पनि एमालेमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई एमालेमा उचित जिम्मेवारी दीने उपमहासचिव रिमालले बताए ।

पार्टीमा समाहित भएका नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उपमहासचिव रिमालले नेकपा एमाले कुनै ठाउँको र कुनै खास व्यक्तिले बनाएको आन्दोलन नभएको बताए ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरू विषमलाल अधिकारी दनुवार, मनोजजंग थापा, कमलजंग राई, सुभाष देवकोटालगायतले सम्बोधन गरेका थिए ।

ranechhap