दाङ । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डीबी)लाई रूकुम जिल्ला अदालतले ३२ वर्ष अगाडि गरेको कैद गर्ने फैसला कार्यान्वयन नभएको पाइएको छ ।
राधा केसीको जाहेरीमा सुनुवाइ गर्दै एक वर्ष कैद र दुई हजार रूपैयाँ जरिवाना गर्ने फैसाला सुनाएको अदालत स्रोतले जानकारी दिएको छ ।
श्रेस्तेदार मन्दिरा शाहीले पुरानो फैसला भएकाले हेरेरमात्रै भन्न सकिने बताइन ।
जिल्ला प्रहरी कार्यालय रूकुम पूर्व प्रमुख डीएसपी अन्जना श्रेष्ठले सांसद केसीलाई अदालतले कैद सजाय सुनाएको पुष्टि गरिन् ।
‘हामीलाई केही दिन अघिमात्रै अदालतबाट फैसला कार्यान्वयनका लागि पत्र आएको छ’, डीएसपी श्रेष्ठले भनिन्, ‘हामीले खोजी गरिरहेका छौं ।’
३२ वर्षअघि जेल सजाय सुनाइए पनि फैसला कार्यान्वयन भने अझै हुन सकेको छैन् । बरू केसी अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेर रूकुम पूर्व निर्वाचनमा प्रदेश (ख) सांसदबाट निर्वाचित भए ।
उनी गृह जिल्ला जाँदा प्रहरीकै सुरक्षा घेरामा हिड्ने गरेका छन् । तर,प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन् ।
केसीले सरकारी कागजात किर्ते गरेको अभियोगमा दोषी प्रमाणित भएका हुन् । सांसद केसीले यसविषयमा भेटेर मात्रै कुरा गर्ने प्रतिक्रिया दिएका छन् ।







































