12, Apr, 2024

दूध किसानलाई सांसद विकासको कोषको रकमबाट भुक्तानी दिन माग

बागमती भ्वाइस
बागमती भ्वाइस
११ फाल्गुन २०८०, शुक्रबार १२:२२ | १ महिना अगाडी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपककुमार सिंहले दूध किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद विकास कोषको रकम भएपनि किसानलाई भुक्तानी गर्न माग गरेका हुन् ।

उनले भने, यदि सरकारसँग पैसा छैन भने माननिय कोषको लागि पाँच पाँच करोड रुपैयाँ दरले छुट्याउने भनेर अर्बौ जम्मा भएको छ त्यो कोषबाट दूध किसानलाई भुक्तानी गरिपाउँ।

आफूहरुललाई कोषको पाँच करोड नचाहिएको भन्दै तुरुन्तै अर्थमन्त्री र प्रधानमन्त्रीले भुक्तानी दिनको लागि माग गरे। उनले मिटरब्याजी र सहकारी ठगलाई सरकारले नै संरक्षण गरेको आरोप लगाए।

११ फाल्गुन २०८०, शुक्रबार १२:२२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading