वि.सं.२०८३ वैशाख १९ शनिवार

जंगली हात्तीको आक्रमणबाट चितवनमा ५० वर्षीया तिलमाया भुजेलको मृत्यु

khanepani

भरतपुर । चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–१३ गंगानगरस्थित जंगल नजिकैको बस्तीमा आएको जंगली हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीया तिलमाया भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

बिहान ४ बजे बस्ती पसेको हात्तीले ३ वटा कच्ची घरहरु भत्काउनुका साथै धानमा पनि क्षति पुर्‍याएको जिल्ला प्रहरीका प्रबक्ता सूर्यबहादुर थापाले जानकारी दिए।

आक्रमण पछि हात्ती जंगलतर्फ भागेको स्थानीयले बताए।

ranechhap