वि.सं.२०८३ असार २५ बिहीवार

काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकोप्टर नौ मिनेटमै फिर्ता

khanepani

काठमाडौं । काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकोप्टर नौ मिनेटमै काठमाडौंमै फर्किएको छ ।

नाइन एन एजेडी कलसाइनको हेलिकोप्टर काठमाडौंबाट ८ः१४ बजे लुक्लाका लागि उडेको थियो । तर उक्त हेलिकोप्टर फर्किएर ८ः२३ मिनेटमै काठमाडौंमा ल्याण्ड गरेको छ ।

हेलिकोप्टर बीच बाटोबाटै फर्किनुमा प्राविधिक गडबडीलाई कारण मानिएको छ । तर कस्तो खालको प्राविधिक समस्या हो भन्ने खुलाइएको छैन ।

लुक्लातर्फको मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद मिनकुमार अर्यालले जानकारी दिए । ‘लुक्लातिरको एयर रुट पूरै क्लियर छ । पहाडहरु सफा देखिन्छन्’ उनले भने ।

ranechhap