वि.सं.२०८३ वैशाख १८ शुक्रवार

एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै, बैठकमा सहभागी नहुनेलाई कारवाहि हुने संकेत

khanepani

काठमाडौं । नेकपा (एमाले)को संसदीय दल र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १०ः३० बजे संसदीय दल र बिहान ११ बजे १२ औँ केन्द्रीय कमिटी बैठक बस्ने एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

संसदीय दलको बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ । यहि चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो ।

यसैगरी केन्द्रीय कमिटी बैठकले महाविधेशन आयोजक कमिटी बनाउने कार्यालय सचिव रिजालले बताए। एमालेको दशौँ महाधिवेशन आगामी २०७८ मङ्सिर २ देखि ६ गते तोकिएको छ ।
यो बैठकमा छुट्टै भेला र बैठक गर्दै आएको नेपाल समुहलाई कारवाहि गर्ने निर्णय पनि हुन सक्ने संकेत ओली निकट एक नेताले बताएका छन ।

ranechhap