वि.सं.२०८३ वैशाख १८ शुक्रवार

भारतीय जेलबाट आज छुटेनन् इलामका दुर्गाप्रसाद तिम्सिना

khanepani

काठमाडौँ । भारतीय जेलमा ४० वर्षसम्म बसेका इलामका दुर्गाप्रसाद तिम्सिना दीपक जैसी शुक्रबार थुनामुक्त भएनन् ।

उच्च अदालत, कोलकाताले छाड्न आदेश दिएपछि उनका आफन्त प्रकाशचन्द्रको दुर्गाप्रसादलाई लिन कोलकाता गएका थिए । र, शुक्रबार उनी छुट्ने भनिएको थियो ।

तर, अदालती प्रक्रिया नसकिएका कारण उनी नछुटेको प्रकाशचन्द्रले टेलिफोन कुराकानीमा बताए । अदालतबाट दमदम कारागारमा जुन पत्र पुग्नु पर्ने थियो, त्यो आज गएन’ उनले बताए भोलि साढे ११ बजे छुट्ने भनिएको छ

अदालतको आदेश अनुसारको सम्झौता पत्रमा प्रकाशचन्द्रले हस्ताक्षर गरिसकेका छन्, त्यसलाई दमदम केन्द्रीय कारागारमा बुझाउनुपर्ने थियो । कोलकतास्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयका निजी सचिव सतिश थापाका अनुसार ४ बजे कैदीबन्दीको गणना हुनु अघि नै त्यो पत्र कारागार पुगिसक्नु पनेथिए ।
पत्रमा ६÷६ महिनामा तिम्सिनाको मानसिक स्वास्थ्य अवस्थाबारे महावाणिज्य दूतावासलाई जानकारी गराउने भनिएको छ ।

अदालतले तिम्सिनाको मानिसक स्वास्थ्यलाई कारण देखाउँदै थुनामुक्त गर्न बुधबार आदेश दिएको थिए । अदालतले ४० वर्षभन्दा लामो समय तिम्सिनालाई थुनामा राखेर न्यायको कुनै औचित्य पूरा नहुने पनि भनेको थिए ।

सन् १९८२ को जनवरीमा तिम्सिना अदालती ट्रायलका लागि मानसिक रुपमा स्वास्थ्य नभएको अदालतले भनेको थिए । त्यसपछि जाँचको रिपोर्ट अदालतमा नबुझाइँदा उनले ४० वर्षसम्म कारागारमा बस्नु परेको थिए ।

इलामको माई नगरपालिका १० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा हत्या आरोपमा पक्राउ परेका उनी विभिन्न जेलमा सारिए, यता परिवारले उनी आन्दोलनमा मारिएको हुनसक्ने आशंका गर्‍यो ।

दार्जिलिङमा भएको एक आगलागीमा उनको कागजपत्र पनि जलेको थियो । त्यसपछि विक्षिप्त भएका उनी मानिसक रूपमा कमजोर बन्दै गए । अदालतले स्वास्थ्य जाँच गरेर सुनुवाइका लागि ल्याउन भनेको थियो । तर, उनको पक्षमा बोल्न मानिसहरु नभएपछि जाँचका लागि पनि लगिएन ।

कोलकाताको दमदम कारागारमा दाधेश्याम दास नामक कैदीले उनलाई १० वर्षअघि देखेका थिए । गत जेनवरीमा पनि दिपकलाई त्यहीँ देखेर सोधपुछ गर्दा उनी ४० वर्षदेखि सुनुवाइ बिना कारागारमा रहेको खुलेको थिए । र, दासले थुनामुक्त भएपछि वेस्ट बंगाल रेडियो क्लबमा खबर गरेका थिए । त्यसपछि विभिन्न सञ्चारमाध्यममा उनी ४० वर्षदेखि जेलमा रहेको खबर सार्वजनिक भयो र उनको पक्षमा माहोल बन्यो ।

दुर्गाप्रसादका दाइ प्रकाश, आफन्त गोपाल तिम्सिना र सामाजिक काम गर्ने इन्द्र बस्नेतले कारागारमा गएर १० फागुन २०७७ मा उनलाई भेटे । नाता प्रमाणित गरेपछि कारागारले भेट गर्न दिएको थियो । त्यसपछि उनलाई तारेखमा छाड्न माग गर्दै उच्च अदालतमा निवेदन दिइएको थिए ।

ranechhap