26, Feb, 2024

शत प्रतिशत हकप्रद बिक्री गर्दै अरुण भ्याली हाइड्रोपावर, कहिलेसम्म दिन सकिन्छ आवेदन?

बागमती भ्वाइस
बागमती भ्वाइस
२९ माघ २०८०, सोमबार ११:५७ | २ हफ्ता अगाडी

काठमाडौ । काठमाडौ अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले फागुन १७ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर निष्कासन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।

हकप्रद सेयर प्रयोजनको लागि कम्पनीले माघ १५ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा माघ १४ गतेसम्म कायम सेयरधनीहरूले उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

सो हकप्रदमा चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ।

कमपनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस इस्युअर रेटिङ’ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले कम्पनीको कार्यालय, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत् र सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

२९ माघ २०८०, सोमबार ११:५७ मा प्रकाशित