वि.सं.२०८३ वैशाख १८ शुक्रवार

दक्षिणकालीमा दुई शव भेटिएको घटना, कुकुर र फरेन्सिक विज्ञ बोलाइयो

khanepani

काठमाडौं । दक्षिणकाली नगरपालिकाको खहरेमा दुईजना पुरुषको शव भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुर र फरेन्सिक विज्ञलाई घटनास्थलमा बेलाएको छ ।

काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रबाट विशेषज्ञ कुकुर बोलाइएको छ भने त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विज्ञ बोलाइएको हो । शुक्रबार दिउँसो अन्दाजी २० र २५ वर्षको पुरुषको शव भेटिएको थिए । शवको सनाखत भएको छैन ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी अशोक सिंह, प्रहरी उपरीक्षक एसपी रमेशकुमार बस्नेत लगायतको टोली पुगेको छ । कुकुरलाई घटनास्थलमा लैजानु अघि प्रहरी अहिले घटनास्थल वरिपरिको क्षेत्रलाई सुरक्षित गरेर राखेको छ ।

काठमाडौंका एसएसपी सिंहका अनुसार दुवैजनाको मुखबाट फिँज निस्किएको देखिएको छ । छेऊमा सल्फस नामक विषादीको बट्टा पनि भेटिएको प्रहरीले जनाएको छ ।

ranechhap