26, Feb, 2024

गण्डकी प्रदेश सरकारको आगामी मन्त्रिपरिषद्को बैठक बागलुङको पञ्चकोटमा बस्ने

बागमती भ्वाइस
बागमती भ्वाइस
२८ माघ २०८०, आईतवार १२:४३ | २ हफ्ता अगाडी

पोखरा । गण्डकी प्रदेश सरकारको आगामी मन्त्रिपरिषद्को बैठक बागलुङको पञ्चकोटमा बस्ने भएको छ ।

माघ २९ गते सोमबार बागलुङको ऐतिहासिक तथा धार्मिकस्थल पञ्चकोट बैठकमा बस्ने तयारी भएको प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकारी दिइन् ।

प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थलहरुमा मन्त्रिपरिषद् बैठक बस्ने योजना अन्तर्गत पहिलो गन्तव्य पञ्चकोटलाई रोजिएको प्रदेश सरकारको भनाइ छ ।

२८ माघ २०८०, आईतवार १२:४३ मा प्रकाशित