05, Dec, 2024

अमेरिकी पत्रकारले लिएको रुसी राष्ट्रपति पुटिनको बहुप्रतिक्षित अन्तर्वार्ता आज सार्वजनिक हुँदै

बागमती भ्वाइस
बागमती भ्वाइस
२५ माघ २०८०, बिहीबार १४:२३ | १0 महिना अगाडी

काठमाडौं । अमेरिकी फक्स च्यानलका पूर्व कार्यक्रम प्रस्तोता तथा हालका स्वतन्त्र पत्रकार टकर काल्सनले रुसी राष्ट्रपति भ्यादिमिर पुटिनसँग लिएको अन्तर्वार्ता आज सार्वजनिक हुने भएको छ ।

रुसी मिडिया आरटीका अनुसार पुटिनको अन्तर्वार्ता अमेरिकी समयअनुसार बिहीबार साँझ ६ बजे प्रशारण हुने भएको हो । रुस-युक्रेन युद्धपछि पश्चिमा मिडियाहरुले पुटिनको अन्तर्वार्ता नलिएकोमात्रै होइन, कतिपय देशहरुले रुसी विश्व च्यानल आरटीलाई प्रतिबन्धसमेत गरेका छन् ।

पश्चिमा विश्वमा रुसी आवाज प्रतिबन्ध जस्तै भएको समयमा अमेरिकी पत्रकार काल्सन पुटिनसँग अन्तर्वार्ता लिन टर्की ट्रान्जिट बनाएर मस्को पुगेका थिए । उनले दुई दिन अगाडि एक्स (ट्विटर)मा आफूले पुटिनको अन्तर्वार्ता लिन चाहेको कारण सार्वजनिक गरेका थिए । त्यसमा उनले रुस र युक्रेन युद्धमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको धेरै अन्तर्वार्तार आए पनि पुटिनको भने नआएको भन्दै उनको पनि आवाज सुन्न आवश्यक भएको बताएका थिए ।

एक्स भिडियोमा उनले एलन मस्कले एक्समा भिडियो सेन्सर नगर्ने प्रतिबद्धता दिएको बताएका थिए । उनको निजी वेबसाइट टकर काल्सन डटकममा पनि उनको अन्तर्वार्ता राखिने भएको छ ।

२५ माघ २०८०, बिहीबार १४:२३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading