12, Apr, 2024

दक्ष कामदार अभाव हुन थालेपछि जर्मनीमा हप्ताको चार दिन मात्रै काम गर्ने प्रावधान सुरु

बागमती भ्वाइस
बागमती भ्वाइस
१८ माघ २०८०, बिहीबार ११:५० | २ महिना अगाडी

काठमाडौं । आवश्यक कामदारहरूको अभाव हुन थालेपछि त्यसलाई चिर्न जर्मनीले हप्तामा चार दिन मात्रै काम गर्ने कार्यक्रम सुरु गरेको छ ।

हप्तामा अरू बेला काम गरेको जस्तै पैसा, सेवा, सुविधा र अरू फाइदा हुनेगरी नयाँ कार्यक्रम ल्याइएको जर्मनीको विश्व च्यानल डिडब्लूले उल्लेख गरेको छ ।
डिडब्लूका अनुसार फेब्रुअरी १ अर्थात् आजबाट जर्मनीका ४५ कम्पनीहरूले यो सुविधा सुरु गर्ने भएका हुन् । यो कार्यक्रम आधा वर्षसम्म प्रयोग गरिने भएको हो ।

हप्तामा चार दिन कामको पक्षमा रहेकाहरूले यस्तो गरेमा दक्ष कामदारहरूको अभाव नहुने र उत्पादकत्व पनि बढ्ने तर्क गर्दै आएका छन् । जर्मनी युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र हो ।

तर, यसमा पछिल्लो समयमा दक्ष कामदारहरू टिक्न छोडेको र उत्पादकत्वमा ह्रास आएको भन्दै त्यसलाई चिर्न कार्यक्रम ल्याउनुपर्ने आवाज उठ्दै आएका थिए ।

१८ माघ २०८०, बिहीबार ११:५० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading