वि.सं.२०८३ असार १६ मंगलवार

आज प्रतिनिधि सभा बैठक बस्दै, दलका नेताहरू बोल्ने

khanepani

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ।

आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने भएको हो। बैठकमा दलका नेताहरूले बोल्ने कार्यक्रम छ।

संघीय संसद सचिवालयका अनुसार अध्यादेश र विधेयक पेश गर्ने कार्यसूची भने छैन।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको वार्षिक प्रतिवेदन र मानव अधिकार आयोगको आर्थिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ।

सर्वोच्चको फैसलाले प्रतिनिधि सभा व्युँतिए पनि सरकारले ‘विजनेश’ दिएको छैन।

सरकारले प्रतिनिधि सभालाई प्रभावकारी ढंगले सञ्चालन गर्न नचाहेको प्रतिपक्षी नेपाली कांग्रेसले आरोप लगाउने गरेको छ।

यसअघि बसेका प्रतिनिधि सभा बैठकमा शोक प्रस्ताव पारित भएका थिए।

ranechhap