03, Oct, 2024

नेपाली बजारमा बुधबार पनि सुनको भाउ सामान्य बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ किनबेच?

बागमती भ्वाइस
बागमती भ्वाइस
१७ माघ २०८०, बुधबार ११:३१ | ८ महिना अगाडी

काठमाडौ । काठमाडौ नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको भाउ बढेको छ।

मंगलबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ यस दिन अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य स्थिर रहेको छ।

आज चाँदी प्रतितोला एक हजार चार सय २० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

१७ माघ २०८०, बुधबार ११:३१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading