26, Feb, 2024

प्रधानसेनापति शर्मालाई भेट्न जङ्गी अड्डा पुगे बेलायती सेना प्रमुख सेन्डर्स

बागमती भ्वाइस
बागमती भ्वाइस
१६ माघ २०८०, मंगलवार १३:४१ | ३ हफ्ता अगाडी

काठमाडौं। नेपाल भ्रमणमा रहेका बेलायती सेना प्रमुख प्याट्रिक सेन्डर्सले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग भेट वार्ता गरेका छन्।

जङ्गी अड्डामा भएको भेटमा पारस्परिक सम्बन्ध सुधारका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

सेन्डर्स सोमबार नेपाल आइपुगेका हुन्। उनी माघ २० गतेसम्म नेपालमा रहने छन्।

सेन्डर्सको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाले गारत अर्पण गरेको छ।

१६ माघ २०८०, मंगलवार १३:४१ मा प्रकाशित