08, Oct, 2024

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दम्पती सिन्धुपाल्चोकको पाँच पोखरी दर्शनका लागि जाँदै

बागमती भ्वाइस
बागमती भ्वाइस
१६ माघ २०८०, मंगलवार १२:५९ | ८ महिना अगाडी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीको दर्शन गर्ने भएका छन् ।

बुधवार पाँच पोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न त्यहाँ जान लागेका ओलीले पाँच पोखरी कुण्डमा समेत दर्शन गर्ने भएका हुन् ।

अध्यक्ष ओली बुधवार हेलिकप्टरबाट श्रीमती राधिका शाक्यसहित काठमाडौंबाट सिधै पाँच पोखरी कुण्डमा जाने र त्यहाँ केही समय बसेर बिहान ११ बजे गाउँपालिकाको भवन रहेको स्थान थाङ्पालमा आएर भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

पाँच पोखरी समुन्द्री सतहबाट करिब ४२ सय मिटर उचाइमा रहेको पाँच पोखरी पवित्र धार्मिक तथा पर्यटकीय स्थल हो । सिन्धुपाल्चोक जिल्लामा अवस्थित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण ‘पाँच पोखरी’ हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक संगमस्थल पनि हो ।

पाँच पोखरीमा पाँचवटा पोखरी छन् । पोखरीलाई भैरव कुण्ड, सरस्वती कुण्ड, सूर्य कुण्ड, गणेश कुण्ड र नाग कुण्ड भनिन्छ । पाँच पोखरी कुण्ड इन्द्रावती नदीको उद्गमस्थल हो ।

१६ माघ २०८०, मंगलवार १२:५९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading