वि.सं.२०८३ वैशाख १९ शनिवार

भाडा नबढाए यातायात ठप्प पाने व्यवसायीको चेतावानी

khanepani

काठमाडौं । सार्वजनिक यातायातको भाडा नबढाए यातायात सञ्चालन गर्न नसकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताएका छन् ।

उनका अनुसार २०६९ सालदेखि सरकारले अहिलेसम्म सार्वजानिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायीले भाडा बढाउन माग गरेका हुन् ।

गाडीको पाटपूर्जा ६५ प्रतिशत र पेट्रोलियम पदार्थको ३५ प्रतिशत मूल्य वृद्धि हुँदा सार्वजनिक यातायातको भाडा भने यथास्थिति हुनु बैज्ञानिक नभएको सिटौला बताउँछन् ।

यदि सरकारले भाडा नबढाए आफूहरुले सार्वजानिक यातायात ठप्प पार्ने उनले चेतावानी समेत दिएका छन् ।

पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर चैत तेस्रो हप्तासम्म भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुनेभन्दै पत्र बुझाएका छन् ।

मन्त्रीसँगको भेटमा यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेको छ ।

ranechhap