10, May, 2024

प्रतिनिधिसभा बैठक भोलि, प्रधानमन्त्रीले दुई प्रतिवेदन पेश गर्ने

Bagmati Voice
संवाददाता
५ चैत्र २०७७, बिहीबार १६:०६ | ३ साल अगाडी

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बस्ने भएको छ । दिउँसो १ बजेका लागि तय भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन पेश गर्नेछन् ।

त्यस्तै बैठकमा राष्ट्रियसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पेश हुने कार्यसूची छ ।

५ चैत्र २०७७, बिहीबार १६:०६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading