वि.सं.२०८३ वैशाख १८ शुक्रवार

कार्यकर्तालाई दिने जवाफ खोज्न नेपाल समूहको स्थायी कमिटी बस्न् शुरु

khanepani

काठमाडौं । राष्ट्रिय कार्यकर्ता भेलामा नेता तथा कार्यकर्ताले उठाएका प्रश्नको जवाफ खोज्न एमालेको माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बसेको छ । बुधबारदेखि शुरु भएको भेला सक्नुअघि कार्यकर्तालाई नेताले दिने प्रश्नको जवाफ खोज्न स्थायी कमिटी बैठक बसेको उक्त पक्षका केन्द्रीय सदस्य यज्ञ सुनुवारले जानकारी दिए ।

भेलामा १० वटा समूह बनाएर समसामयिक विषयमा छलफल भएको थियो । उक्त समूहले दिएको सुझावमाथि बैठकमा छलफल भइरहेको बताइएको छ । बैठकपछि नेता माधवकुमार नेपालले भेलालाई जावाफ दिनेछन् ।

बैठकमा आगामी कार्यनीतिबारे पनि छलफल भइरहेको बताइएको छ ।

ranechhap