वि.सं.२०८३ वैशाख १८ शुक्रवार

नेपाल-भारतबीच यातायात सञ्चालन गर्न सीसीएमसीको सिफारिस

khanepani

काठमाडौं । (कोभिड १९) संकट व्यवस्थापन केन्द्र सीसीएमसीले नेपाल–भारतबीच यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सीसीएमसीको बैठकले नेपाल र भारतबीच यातायात सञ्चालन गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । नेपाल र भारतका १३ वटा रुटबाट पूर्ववत रुपमा यातायात सञ्चालनका लागि मन्त्रिपरिषद्लाई सिफारिस गरिएको सीसीएमसीका सचिव खगराज बरालले जानकारी दिए ।

तर यात्रुहरुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने उनले बताए ।

यसैगरी बैठकले नेपाल–भारत सिमानामा नेपालतर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ । गत वर्षको चैत ११ गतेदेखि नेपालमा (कोभिड१९) नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरिएपछि नेपाल र भारतबीच यातायात सञ्चालन बन्द गरिएको थिए ।

ranechhap