काठमाडौं । नेकपा एमालेको संसदी बोर्डमा माधव नेपाल र झलनाथ खनाल पनि मनोनीत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।
बोर्डको प्रमुखमा दलका नेता ओली छन् । सदस्यहरुमा माधव नेपाल,झलनाथ खनाल,उपनेता सुवास नेम्वाङ छन् । त्यस्तै शेरवहादुर तामाङ,रघुवीर महासेठ,भुपेन्द्र थापा,खेम लोहनी,सरिता दाहाल,विमला विक पनि सदस्य मनोनित भएका छन् ।
बोर्डका अन्य सदस्यमा प्रमुख सचेतक विशाल भट्टराई,सचेतक शान्ता चौधरी,सुमन प्याकुरेल,विमला राई पौडेल,बिन्दा पाण्डे,राधा ज्ञवाली,दामोदर भण्डारी,विद्या भट्टराई,रेखा झा र राजेन्द्र राई रहेको सांसद महेश बस्नेतले नेपाल प्रेसलाई जानकारी दिए ।









































