वि.सं.२०८३ वैशाख १८ शुक्रवार

माधव नेपाल पक्षका सांसदको भेला हेरिटेजमै, बालुवाटारको बैठकमा नजाने

khanepani

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले संसदीय दलको बैठक बोलाएकै समय पारेर माधव नेपाल पक्षले आफ्नो समूहका सांसदहरुको भेला डाकेको छ ।

राष्ट्रिय कार्यकर्ता भेला भइरहेको ललितपुरको हेरिटेज गार्डेन ब्याक्वेटमै सांसदहरुको भेला बोलाइएको हो । भेलामा प्रतिनिधिसभा र राष्ट्रियसभाका माधव नेपाल पक्षका सांसदहरु सहभागी हुँदैछन् ।

भेला विहान १० बजेबाट शुरु हुँदैछ । प्रधानमन्त्री ओलीले विहान ११ बजे बालुवाटारमा दलको बैठक बोलाएको एमाले संसदीय दलका सचेतक शान्ता चौधरीले जानकारी दिइन् ।

ranechhap