26, Feb, 2024

माधव नेपालले ओलीप्रति खिजीटेउरी गर्दै भने, ओलीले बालुवाटार गएर राष्ट्रियसभामा जिरो बनाइदिऊँ भनेछन क्याहो ?(भिडियो सहित)

Bagmati Voice
संवाददाता
२५ पुष २०८०, बुधबार १७:३७ | १ महिना अगाडी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष ओलीको मति अझै नसुध्रिएको टिप्पणी गरेका छन् । पार्टी निकट विद्यार्थी विशेष कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै मति ठीक नभएसम्म कम्युनिष्टहरु मिल्ने भनेर नहुने तर्क गरे ।

उनले भने, ‘ओली राष्ट्रियसभाको चुनावको बेलामा प्रचण्डकहाँ गएर हामीलाई ६ सीट दिनुस्, कांग्रेसलाई १३ सीट दिनुस् तपाई ५ सीट लिनुस् भनेछन् । एकीकृत सुमाजवादीलाई जिरो सीट दिने रे । भनेपछि अझै उनको मति सप्रिएको छैन। कम्युनिष्टहरु मिलुन् मात्रै भनेर हुँदैन ।’

विचार, दृष्टिकोण र व्यवहार गलत भएसम्म देश र जनतालाई केन्द्रविन्दुमा राखेर जुध्न तयार रहेको बताए । ओलीले प्रचण्डमाथि हैकम चलाउन खोजेपछि एमाले नेतृत्वको गठबन्धन नटिकेको स्मरण समेत गरे ।

२५ पुष २०८०, बुधबार १७:३७ मा प्रकाशित