वि.सं.२०८१ माघ २८ सोमवार

अमेरिका गएका मानिसहरू किन नेपाल फर्कन सक्दैनन ?

नेपालमा हुनेहरूले अमेरिका गएको मानिस अब नेपाल फर्कदैन, उतै हराउछ भन्छन । बास्तब मै DV पर्ने को त कुरै छाडौ, बिध्यार्थी वा टुरिष्ट भिषामा जानेहरू समेत उतै हराएका हुन्छन ! यो कटु सत्य हो । अमेरिका गएका धेरै परिबारहरूले गोप्य रूपमा ग्रिन कार्ड लिएर बसेका वा प्रक्रियामा बसेका छन !
अमेरिका बस्नेले पनि जागिर, छोराछोरीको बिबाह, घर ब्यबहार मिलाएर केहि बर्ष पछि छिटै नेपाल फर्कने सपना बुनेर बसेका हुन्छन ! गफमा सधै फर्कने कुरा नै अलाप्छन ! अघि नमिले पनि retire पछि त पक्कै फर्कने भनि दिन गन्ती गरिरहेका हुन्छन ! तर किन भने जस्तो हुदैन ?
किन फर्कन सक्दैनन नेपाल ?

1. अत्याधुनिक भौतिक सुबिधा : नेपालमा हामी सधैभरि आधारभूत आबस्यकताको लागि दैनिक जुधिरहेका हुन्छौ । पानी, बिजुली, ग्यास, डिजेल, खाना … यी सबै बाट झन्झट मुक्त भै बस्ने रहर कसलाई नहोला र ! अत्याधुनिक सुख सुबिधाहरू कार, e-net, सड़क, महल, पार्क, समुन्द्र, air conditioning युक्त घर , vacation …. सुबिधाहरूको कारणले मानिसहरू नेपाल फर्कन सक्दैनन ।बिगतको नेपाल visit को तितो अनुभव भुल्न सक्दैनन ।

2. पारिवारिक बन्धन : बिस्तारै आफ्ना आफन्त परिवार छोराछोरी, नातीनातिनाहरू सबै अमेरिका नै भै सके पछि कस्को र के का लागि नेपाल जाने भन्ने प्रस्न अहम हुदोरहेछ । साहूको भन्दा ब्याजको माया भने झै नातीनातीना हेरेर बस्ने रहर हुने रहेछ । त्यसैले पनि छोरा छोरी नातीनातिना छाडेर नेपाल फर्कन सक्दैनन ।

3. जागीर वा ब्यबसायको बन्धन : जागीर वा ब्यबसायमा लत र मोह लागि सकेको हुन्छ ! चटक्क छाडेर जान जान सक्दैनन ! यी बाट काटिने कर र लगानीहरू state, federal, social security, Medicare, retirement plans चटक्क छाडेर जान कसैको पनि मनले मान्दैन ! जिवनभरको लगानी र मिहिनेतको फल वा सुबिधा ६५-६७ बर्ष पछि मात्र प्राप्त हुन्छ ! अर्थात पूर्ण सुबिधा पाउनको लागि ६७ बर्षसम्म काम गर्नै पर्ने हुन्छ !

4. Tax file को झन्झट : बर्ष भरि गरेको आम्दानी खर्चको बिवरण सरकारलाई बुझाउनु पर्ने हुन्छ । चाहे बिदेशमा गरेको किन नहोस ! बर्षको अन्त्यमा गरिने tax file बाट गरिब वा मध्यम परिवारले केहि रकम प्राप्त गर्ने गर्छन । सामान्य tax file का लागि IRS का अनुसार कम्तीमा १८३ दिन अमेरिकामा नै बसेको हुनु पर्छ । यस कारणले पनि नेपाल लामो समय बस्न सक्दैनन।
5. Home loan/ Mortagage: प्राय धेरै जसो घर ३० बर्षे उधारों मै किनिएको हुन्छ वा किन्ने चलन छ । उक्त किस्ता बुझाउन पनि काम वा आम्दानी आबश्यकता पर्छ ! घरको किस्ता, पानी, बिजुली, association र अन्य खर्चहरू समय मै बुझाउनु पर्ने हुन्छ ! नबुझाएमा क्रेडिट बिग्रने हुन्छ । खतरा मोलेर नेपाल बस्न कोही चाहदैनन ।
6. Student loan/ business loan : धेरै जसो बिधार्थीहरूले student loan लिएर पढेका हुन्छन । तेस्तै ब्यापारीले ब्यापारीक ऋण । ऋणमा फसेका कारणले पनि नेपाल फर्कन सक्दैनन ! नतिरेमा उसको भविष्य नै नष्ट हुन सक्छ।

7. Investment : कति मानिसहरू ले retirement program, life insurance, business, shares/bonds ….हरूमा लगानी गरेका हुन्छन । उक्त रकम डुब्ने वा नजिकबाट सुपरिबेक्षण गर्न नपाउने डरले पनि नेपाल फर्कन डराउछन ।
8. Pension/ retirement benefits : जिबनभर दुख गरेर आफ्नो pension, retirement benefits, medical , social security सुबिधा लिएर बुढेसकालमा सुख संग बस्ने सपना कस्को हुदैन र ! जुन ६५-६७ बर्ष पछि बल्ल प्राप्त हुन्छ ! जुन कुरा नेपालमा बसेर पुरा नहुने ठानेर पनि फर्कन चाहदैनन ।
9. Relationship and communication gap : धेरै बर्ष बिदेश बसि सके पछि नेपालमा हुने हरूले यीनीहरू त बिदेशी हुन , यी त दुई दिनका पाहुना हुन, यीनको लामो संगत नगरे कै जाती भन्ने सोचाई हुन्छ। आफन्त, साथीभाई, छरछिमेकी सबै संगको सम्बन्ध टाढिदै जान्छ ।नया पुस्ताले त चिन्न समेत छाडी सकेका हुन्छन । यीनै कारण ले पनि नेपाल फर्कने हिम्मत गर्दैनन् ।

10. Life style and culture : केहि बर्ष बिदेश बसि सके पछि बोलीचाली, ब्यबहार, रहनसहन, लगाई खवाई सबै फरक परिसकेको हुन्छ । आफ्नो गरेर खाने, सिधा स्पष्ट बोल्ने, privacy का कुरा, सरसफाई ….. यस्ता धेरै कुराहरू मा स्वत: परिबर्तन भै पश्चिमी सभ्यतामा ढलिसकेका हुन्छन । जुन कुरा झट्ट ब्यबहारमा नेपालमा गै पचाउन र आफुलाई परिबर्तन गर्न गारो हुन्छ ।
11. सामुदायिक बन्धन : अमेरिकामा पनि नेपालीहरूको बस्ति दिनानुदिन बाक्लिदो छ । सबै जसो नेपालीहर हरेक गाऊँ र बस्तीहरूमा आ आफ्नै समुह संगठनहरूमा आबद्द भै एक आपसमा बाधी सकेका हुन्छन । सुख दुखमा साटासाटको लागि एक आपसमा नया सम्बन्ध गासिसकेका हुन्छन । यो सबन्ध चटक्क छाडेर पनि जान सक्दैनन ।

12. नेपालको कानुन , भ्रष्टाचार र अप्ठ्याराहरू : नेपालमा NRN बारे स्पष्ट नियमाबलि र कानुन बनि सकेको छैन ! यो अन्यौलको अबस्थामा कर्मचारीबाट पाउने दुख कष्ट अझै सानों तिनो काम गर्न पनि धेरै पटक धाउनु पर्ने, चाकडी गर्नु पर्ने वा घुष समेत खुवाउनु पर्ने बाध्यता छ । घर मै बसेर फोन, इमेल वा e-net को माध्यमबाट सजिलै काम गर्ने अब्यस्त भएका हरू यो झन्झट झेल्न पटक्कै मन पराउदैन ।
शारशमा अमेरिकामा बस्नेहरूले जति नै गफ चुटे पनि चटक्कै छाडेर नेपाल बस्न ठुलै हिम्मत र मुटु बनाउनु पर्ने हुन्छ । भन्न जति सजिलो छ, ब्यबहारमा सजिलो भने पटक्कै छैन ।
अमेरिका आउनु भन्दा अगाडी एक मेरा साथीले भनेका थिए “अमेरिका भनेको एक दलदल हो, यो दलदल मा फसे पछि निस्कने छैनस र त त्यहि दलदलमा मर्नेछस।”
तर पनि म भने आज सम्म मुटु भरि देशको माया बोकेर नेपाल फर्कने सपना बुनेरै बसेको छु ।
-महेश भट्टराई, अमेरिकाफेसबुकवालबाट

Untitled