05, May, 2024

माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरू

Bagmati Voice
संवाददाता
४ चैत्र २०७७, बुधबार १२:४३ | ३ साल अगाडी

काठमाडौं । नेकपा एमालेको माधव नेपालपक्षीय राष्ट्रिय कार्यकर्ता भेला शुरू भएको छ ।

ललितपुरको सानेपास्थित हेरिटेज ब्यांक्वेटमा आज र भोलि भेलाको आयोजना गरिएको हो । भेलामा देशभरका २ हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी हुने नेताहरूले दाबी गरेका थिए ।

पार्टीमा आन्तरिक विवादका बीच अब कसरी अघि बढ्ने भन्ने भेलाले रणनीति बनाइने र लिखित दस्तावेजमाथि छलफल पनि हुने बताइएको छ ।

माधव नेपाल पक्षले एमाले सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएकाले माओवादीसँग एकीकरणअघिकै संरचनामा पार्टी फर्किनुपर्ने बताएको छ ।

संस्थापन पक्षले फागुन २८ गते विशेष केन्द्रीय कमिटी बैठकबाट गरेका निर्णय नमान्ने अडान नेपाल पक्षको छ । यसबीचमा दुवै पक्षबीच वार्ता भएपनि आ-आफ्ना अडानका कारण निष्कर्ष केही निस्किएको छैन ।

भेला आयोजना गर्ने र सहभागी हुनेमाथि कारबाही गरिने भन्दै संस्थापन पक्षले चेतावनीसमेत दिएको थियो ।

४ चैत्र २०७७, बुधबार १२:४३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading