26, Apr, 2024

विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाजको संकट टर्‍यो, भयो विमानस्थलमा अवतरण

Bagmati Voice
संवाददाता
११ आश्विन २०७८, सोमबार १०:५१ | २ साल अगाडी

विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा अवतरण भएको छ।

काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएको जहाज केहीबेर अघि अवतरण भएको हो। सामान्य अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको विमानस्थल स्रोतले जनाएको छ।

विराटनगर गएको ९ एन एएनआई एटिआर जहाज विराटनगर विमानस्थलमा अवतरण हुन लाग्दा समस्या देखिएको थियो। जहाजको ल्याण्डिङ गियरमा समस्या देखिएको बताइएको छ।

जहाज फर्किएपछि काठमाडौं विमानस्थलमा सम्भावित संकटलाई ध्यानमा राखी सबै तयारी गरिएको थियो।

काठमाडौंको आकाशमा धेरै फन्को लगाएर जहाजको इन्धन कम भएपछि अवतरण गराइएको हो।

११ आश्विन २०७८, सोमबार १०:५१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading