27, Apr, 2024

लुम्बिनीमा साढे ३२ लाख मतदाता, ४१० मतदानस्थल अतिसम्वेदनशील

Bagmati Voice
संवाददाता
२ मंसिर २०७९, शुक्रबार ०८:३९ | १ साल अगाडी

रुपन्देही । निर्वाचनको लागि स्थिर समय सुरु भएसँगै निर्वाचन आयोगले आफ्नो आन्तरिक तयारी पूरा गरेको छ । राजनीतिक दलहरुले उम्मेदवारसहित मत मागेर सकाएका छन् ।

२६ संघ तथा ५२ प्रदेश क्षेत्र रहेको लुम्बिनी प्रदेशमा मंसिर ४ गते हुने निर्वाचनमा लुम्बिनीबाट करिब साढे ३२ लाख मतदाताले मतदान गर्न पाउने छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशका १२ जिल्लामा ३२ लाख ४९ हजार ६३७ मतदाता रहेका छन् ।

प्रदेश निर्वाचन कार्यालयका प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायण भण्डारीका अनुसार यी निर्वाचन क्षेत्रका कुल मतदातामध्ये पुरुष १६ लाख ३७ हजार १३२, महिला १६ लाख १२ हजार ४७१ र अन्य ३४ जना रहेका छन् ।

धेरै निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा संघतर्फ ५ वटा र प्रदेशतर्फ १० वटा निर्वाचन क्षेत्र रहेका छन् भने सबैभन्दा कम रोल्पा, रुकुम पूर्व, प्युठान र अर्घाखाँची संघतर्फ एक/एक वटा र प्रदेशतर्फ दुई/दुई वटा रहेका छन् ।

निर्वाचन आयोगले निर्वाचन पूरा गर्नका लागि प्रदेशभर कुल मतदानस्थल १६४९ र मतदान केन्द्र ३८६१ तय गरेको छ । स्थानीय तह चुनावमा करिब ७० प्रतिशत मत खसेको आधारमा अहिले करिब २२ लाख मत खस्ने अनुमान आयोगको रहेको छ ।

कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?
रुपन्देही
१ (१) ७२२११
१ (२) ६७३४९
२ (१) ६३५०३
२ (२) ६३३०४
३ (१) ६५५१३
३ (२) ६७२७८
४ (१) ५३३८९
४ (२) ५७२७०
५ (१) ७४६५९
५ (२) ५४४७६

बाँके
१ (१) ५५८४५
१ (२) ६५२५५
२ (१) ५०३१३
२ (२) ४७४९६
३ (१) ६१५९६
३ (२) ५१७२६

दाङ
१ (१) ७०२६७
१ (२) ६४४६६
२ (१) ६३३२२
२ (२) ७०४२६
३ (१) ६६४८६
३ (२) ७९९८९

कुल ४१४८५६

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
१ (१) ६५११६
१ (२) ५३१३४
२ (१) ६६५०२
२ (२) ५६१७८
बर्दिया
१ (१) ८१९१९
१ (२) ८०७४३
२ (१) ८१६६१
२ (२) ७०९६१
गुल्मी
१ (१) ५७५७९
१ (२) ६१७०९
२ (१) ५१९०४
२(२) ५२४२३
पाल्पा
१ (१) ४९२५१
१(२) ४६७८२
२ (१) ५६१२०
२ (२) ४९१७३
कपिलवस्तु
१ (१) ७९४५३
१ (२) ६१५६०
२ (१) ६४५१७
२ (२) ५७१५९
३ (१) ६१०५८
३ (२) ५४४८५
अर्घाखाँची
१ (१) ७८२८६
१ (२) ८६४८२
रुकुम पूर्व
१ (१) १७७७७
१ (२) १६३३५
रोल्पा
१ (१) ६८१६४
१ (२) ७७३०७
प्युठान
१ (१) ७४६६३
१ (२) ८५०९७

४ सय १० निर्वाचनस्थल अतिसंवेदनशील

लुम्बिनीमा १ हजार ६ सय ५० मतदानस्थल बनाइएका छन् । तिनमा ४ सय १० निर्वाचनस्थल अतिसंवेदनशील सूचीमा राखिएको छ । खुला सीमा क्षेत्र, साना हतियारको बिगबिगी र निर्वाचन विरोधी समूहको प्रभावले आसन्न निर्वाचनका लागि लुम्बिनी प्रदेश संवेदनशील प्रदेशमा राखिएको छ ।

७ सय १४ संवेदनशीलताको सूचीमा छन् । हिमाल, पहाड र तराई मिलेर बनेको यो प्रदेश कतिपय भौगोलिक विकटताका कारण पनि संवेदनशील छन् ।

निर्वाचन सुरक्षाका लागि लुम्बिनीमा १० हजार २ सय ९ सुरक्षाकर्मी खटेका छन् । १८ हजार ६ सय म्यादी खटाइएको छ । प्रदेशमा निर्वाचनलाई शान्ति र निर्भययुक्त बनाउन संवेदनशील क्षेत्रमा थप सुरक्षा संवेदनशीलता अपनाउने र जनशक्ति प्रयोग गर्ने तयारी रहेको लुम्बिनी प्रदेश प्रहरी प्रमुख नलप्रसाद उपाध्यायले बताए ।

लुम्बिनी प्रदेशका तराईका ६ जिल्ला भारतीय सीमासँग जोडिएका छन् । खुल्ला सीमा भएकाले सीमा बन्द गरिएपनि नागरिक ओहोरदोहोर गर्ने धेरै बाटाहरु छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले भारतीय सुरक्षाकर्मीसँग पटकपटक बैठक बसेर उताको सीमा र यताको सीमामा आआफ्ना सुरक्षाकर्मीलाई गस्ती गराउने र सीमा क्षेत्र सिल गर्ने निर्णय भएअनुसार कार्यान्वयनमा लैजाने बताए ।

प्रदेशमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले यसअघि निर्वाचन बहिस्कारसहितका कार्यक्रम तथा केही स्थानमा विस्फोट गरेकाले केही त्रास देखिएको छ । यस्ता त्रासले एकातिर नागरिकलाई मतदान प्रक्रियामा जान रोक्ने र अर्कोतर्फ निर्वाचनविरुद्ध त्रास र अफवाह फैलाउने काम गर्नसक्ने चिन्ता सुरक्षा अधिकारीहरुको छ ।

यस्ता विषयमा सचेत रहन प्रदेशस्तरमा सुरक्षा कमान्ड पोष्ट निर्वाचन सेल गठन गरेर मतदानस्थल, मतदान केन्द्र र मतगणना क्षेत्रसम्मको छुट्टाछुट्टै सुरक्षा योजना बनाइएको छ । प्रदेशको आन्तरिक मामिला सचिव कोमलप्रसाद धमलाले जिल्ला सुरक्षा प्रमुख सदस्य रहेको समितिले हरेक जिल्लामा निर्वाचनसँग सम्बन्धित सुरक्षा एवं आचारसंहिता पालनाबारे अनुगमन र निर्देशनको काम गरिरहेको बताए ।

निर्वाचनलाई लक्षित गरी गृह मन्त्रालयले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र, नेपाली सेना र अनुसन्धानका अधिकारीहरुलाई शान्तिपूर्ण, स्वतन्त्र र भयरहित निर्वाचन गराउन प्रतिवद्ध गराएको छ । यसअघि गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा प्रदेशको सुरक्षा तयारी बैठक बसेर विभिन्न योजना भने बनाएको छ ।

२ मंसिर २०७९, शुक्रबार ०८:३९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading