26, Apr, 2024

बागमती प्रदेशसभाको बैठक आह्वान

Bagmati Voice
संवाददाता
३१ श्रावण २०७८, आईतवार १८:२८ | २ साल अगाडी

मकवानपुर । लामो समयदेखि स्थगित रहेको बागमती प्रदेश सभा बैठक आगामी भदौ १ गते बस्ने भएको छ । भदौ १ गते मंगलबार दिउँसो २ बजेका लागि प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयको सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

संसद सचिवालयमा दर्ता भएको केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधनका बारेमा छलफलका लागि प्रदेशसभा बैठक आह्वान गरिएको सचिव खड्काले बताए । उक्त बैठकमा उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथी पनि छलफल हुने उनले बताए ।

त्यस्तै प्रदेशसभा बैठक बस्नु अघि भोलि सोमबार दिउँसो ४ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।
कार्य व्यवस्थाको छलफलबाट तयार भएको एजेन्डालाई नै कार्यसूचीमा पठाइने उनले बताए ।

गत साउन पहिलो सातामा चालू आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम बजेट पारित भए लगत्तै प्रदेशसभा बैठक स्थगित भएको थियो ।

३१ श्रावण २०७८, आईतवार १८:२८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading