27, Apr, 2024

सरकारले ल्याएको बजेट जनतामा आशा जगाउने किसिमको छैन: राजेन्द्र लिङ्देन

Bagmati Voice
संवाददाता
१६ जेष्ठ २०८०, मंगलवार ०७:५७ | ११ महिना अगाडी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेट जनतामा आशा जगाउने किसिमको नआएको बताएका छन् ।

सोमबार बजेट सार्वजनिक भएपछि संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङदेनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले मुलुकको वर्तमान आर्थिक संकट र चुनौतिको समाधान गर्नुपर्ने अवस्था भएपनि त्यस अनुरुप बजेट आउन नसकेको बताए।

उनले विगतका सरकारले ल्याउने बजेट सुन्दा राम्रो भएपनि कार्यान्यनमा समस्या हुने गरेको भन्दै अहिलेको बजेट पनि कार्यान्वयनमा चुनौति रहेको बताए । उनले बजेट अनुदान र ऋणमा आधारित भएर आएकाले आशा गर्ने ठाउँ भएको बताए ।

उनले बजेटमा खर्च कटौति लगायतका सकारात्मक पक्षहरु समेटे पनि यति मात्रै वर्तमान आर्थिक समस्याको बजेटले समाधान गर्न नसक्ने धारणा राखे।

१६ जेष्ठ २०८०, मंगलवार ०७:५७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading