28, Apr, 2024

उद्योग वाणिज्य महासंघमा त्रिपक्षीय प्रतिस्पर्धा : आउँला त पहिलो चरणमै वरिष्ठ उपाध्यक्षको नतिजा ?

Bagmati Voice
संवाददाता
२९ चैत्र २०७९, बुधबार १७:०३ | १ साल अगाडी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आज निर्वाचन भएको छ । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई चुनावी प्रतिस्पर्धामा छन् ।

महासंघको निर्वाचन नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको हो । बिहान १० बजे सुरु भएको निर्वाचनअन्तर्गतको मत गणना आज गरिने बताइएको छ । जसको परिणाम भोलि बिहान सार्वजनिक हुनेछ ।

महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । तर, अहिले चुनावी प्रतिपस्र्पधामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुमध्ये कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत पुर्‍याउन मुस्किल पर्ने देखिएको छ ।

कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पु¥याएनन् भने पहिलो र दोस्रो हुनेबीच पुनः प्रतिस्पर्धा हुने व्यवस्था छ । जसअनुसार दोस्रो चरणको मतदान बिहीबार बिहान ११ देखि बेलुका ५ बजेसम्म फेरि हुने महासंघले जनाएको छ ।

निर्वाचनले आगामी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षसहितका केन्द्रीय सदस्यको नयाँ नेतृत्व चयन गर्नेछ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुँदैछन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षलाई महत्वका साथ हेरिँदै आएको छ ।

२९ चैत्र २०७९, बुधबार १७:०३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading