28, Apr, 2024

राष्ट्रपति चुनावमा भोट माग्दै सुवास नेम्बाङ पुगे रास्वपा कार्यालय

Bagmati Voice
संवाददाता
१८ फाल्गुन २०७९, बिहीबार १५:०० | १ साल अगाडी

काठमाडौं । राष्ट्रपति चुनावमा भोट माग्न सुवास नेम्बाङ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यालयमा पुगेका छन् ।

नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका उनी पार्टीका केही नेतासहित बसुन्धरामा रहेको रास्वपाको कार्यालयमा पुगेका हुन् ।

उनले राष्ट्रपति चुनावमा मत दिएर सहयोग गर्न आग्रह गरेका रास्वपाका एक नेताले बताए ।

राष्ट्रपति चयनका लागि २५ गते मतदान हुने छ । एमालेबाट नेम्बाङ र नेपाली कांग्रेससहितको ८ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।

राष्ट्रपतिमा कसलाई सहयोग गर्ने भनेर रास्वपाले अहिलेसम्म आधिकारिक निर्णय गरेको छैन् ।

यसअघि नेम्बाङसहित एमालेका नेताहरुले नेकपा एकीकृत समाजवादीको कार्यालयमा गएर मत मागेका थिए ।

१८ फाल्गुन २०७९, बिहीबार १५:०० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading