28, Apr, 2024

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा आज (बिहीबार) चारवटा खेल हुँदै,सर्वियाले ब्राजिलको सामना गर्ने

Bagmati Voice
संवाददाता
८ मंसिर २०७९, बिहीबार ११:२५ | १ साल अगाडी

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा आज (बिहीबार) चारवटा खेल हुँदैछन् । समूह जी र समूह एचका दुई-दुई खेल हुनेछन् ।

समूह जीमा रहेको स्वीट्जरल्याण्ड र क्यामरुनबीच पहिलो खेल हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे अल जानोबल स्टेडियममा सुरु हुनेछ । आजको दोस्रो खेल समूह एचमा रहेको उरुग्वे र दक्षिण अफ्रिकाबीच बेलुका पौने ७ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ ।

समूह एचमै रहेका पोर्चुगल र घानाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ । यस्तै समूह जीमा रहेका ब्राजिल र सर्बियाबीच मध्यराति पौने १ बजे खेल सुरु हुनेछ । यो खेल लुसेन आइकोनिक स्टेडियममा हुनेछ ।

आजको खेलपछि विश्वकपमा सहभागी ३२ वटै टिमको एक-एक खेलको समीकरण पूरा हुनेछ ।

८ मंसिर २०७९, बिहीबार ११:२५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading