15, May, 2024

पीएसलाई बधाई दिँदै देव गुरुङले भने, ‘वामहरू एक ठाउँ बनाउन पहल गर्नुस्’

Bagmati Voice
संवाददाता
८ मंसिर २०७९, बिहीबार १०:०० | १ साल अगाडी

पोखरा । पराजित माओवादी महासचिव देव गुरुङले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई बधाई दिएका छन् । लमजुङबाट प्रतिनिधिसभामा पीएससँग देव गुरुङ ३१८८ मतले पराजित भएका थिए ।

पृथ्वीसुब्बा गुरुङ बसेको होटल पुगेर देव गुरुङले बिहान बधाई तथा कार्यकाल सफलताको कामना गरेका हुन् ।

भेटका क्रममा देव गुरुङले पीएसलाई वामहरू एक हुनुपर्ने र एमालेबाट त्यसको पहल गर्न पृथ्वीसुब्बालाई आग्रह गरे । पीएसका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार भेटमा दुवै नेताबीच वामपन्थी एकताको विषयमा कुराकानी भएको छ ।

`देव गुरुङ आज बिहान आएर बधाई दिनुभयो, भेटमा वामहरू एक हुन पहल गर्न आग्रह गर्नुभएको छ,´ न्यौपानेले भने ।

देवले देशको ६५ प्रतिशत मत कम्युनिष्टको भएपनि कम्युनिष्ट एक नहुँदा अरुले मौका पाउने गरेको बताएका थिए । यसअघि गरिएको एमाले-माओवादी एकता टिकाउन नसकेकोमा दुवै पक्षले गहिरो समीक्षा गरेर फेरि एकता गर्ने बेला आएको यी दुई नेताले बताएका छन् ।

८ मंसिर २०७९, बिहीबार १०:०० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading