03, Oct, 2024

सरकारले गरिबीको रेखामुनी रहेका परिवारलाई विद्युतीय चुलो र ट्युबेल उपलब्ध गराउने

बागमती भ्वाइस
बागमती भ्वाइस
१ जेष्ठ २०८१, मंगलवार १५:५३ | ४ महिना अगाडी

काठमाडौ । काठमाडौ सरकारले गरिबीको रेखामुनी रहेका परिवारलाई विद्युतीय चुलो र ट्युबेल लगायत सामग्री उपलब्ध गराउने नीति अघि सारेको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

उनले गरिब घर-परिवार पहिचान पनि गरिने बताए। पहिचान भएका गरिबहरूको स्थानीय तहमार्फत निःशुल्क बिमा गरिने बताएका छन्।

गरिब लक्षित कार्यक्रम एकीकृत रूपमा अघि बढाइने पनि राष्ट्रपति पौडेलले उल्लेख गरेका छन्।

१ जेष्ठ २०८१, मंगलवार १५:५३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading