01, May, 2024

सुरक्षित यात्राको कामना गर्दै ट्राफिक प्रहरीद्धारा चालकलाई फूलमाला लगाएर विदाई

Bagmati Voice
संवाददाता
१० आश्विन २०७९, सोमबार १६:३३ | १ साल अगाडी

काठमाडौं । ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर लामो दूरीमा चल्ने सवारी साधनका चालकलाई सुरक्षित यात्राको कामना गर्दै फूलमाला लगाएर विदा गरेको छ ।

आज काठमाडौँको नयाँ बसपार्कमा लामो दूरीका चालकलाई फूलमाला लगाएर सुरक्षित यात्राको कामना गरिएको हो । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी र सामुदायिक सेवा केन्द्र बसपार्कका पदाधिकारीसहितको टोलीले चालकलाई सुरक्षित यात्राको कामना गरेका हुन् ।

दशैं, तिहारलगायतका चाडबाड मनाउनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधन र यात्रुको चाप बढेको छ । यो समयमा थप सचेत भएर सवारी साधन चलाउन आवश्यक रहेकाले चालकलाई हौसला प्रदान गरिएको पनि प्रहरी नायब उपरीक्षक रोकाले बताएका छन् ।

१० आश्विन २०७९, सोमबार १६:३३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading