15, May, 2024

सडक किनारमा कार रोकेर सेतीमा नुहाउन पसेका व्यक्ति डुबेर बेपत्ता

बागमती भ्वाइस
बागमती भ्वाइस
१७ बैशाख २०८१, सोमबार १५:५० | २ हफ्ता अगाडी

डोटी । सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता भएका छन् ।

शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ मायामेट्रो अस्पताल पछाडि बस्ने अन्दाजी ४० वर्षीय नरबहादुर तामाङ डुबेको डोटी प्रहरीले बताएको छ । उनी सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए थिए ।

कार सडक किनारमा रोकी उनी नुहाउन गएको प्रहरी नायव निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए । उनका अनुसार तामाङ बेपत्ता भएको सूचनामा सोही कारमा सँगै रहेका रेवन्त अधिकारीले दिएका थिए ।

प्रहरीले उनको खोजी गरिरहेको छ ।

१७ बैशाख २०८१, सोमबार १५:५० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading