14, Jun, 2024

बेपत्ता हुनु अघि सगरमाथा क्षेत्रबाट बेलायती आरोहीले लेखेको पत्र १०० वर्षपछि सार्वजनिक

बागमती भ्वाइस
बागमती भ्वाइस
१७ बैशाख २०८१, सोमबार १६:०२ | १ महिना अगाडी

काठमाडौ । काठमाडौ सन् १९२० को दशकका प्रख्यात बेलायती आरोही हुन् जर्ज मेलोरी । विभिन्न हिमश्रृंखला आरोहण गरेका उनी सगरमाथा आरोहणका क्रममा भने बेपत्ता भएका थिए ।

आरोहणका क्रममा मेलोरीले सगरमाथा चढ्दाको त्रास र आशका विषयमा केही पत्र लेखेका थिए । सगरमाथाको चुचुरोतर्फ लम्कँदै गर्दा उनी र उनका साथी एनड्रु इरभाइन बेपत्ता भए ।

सन् १९२४ जुन ८ मा सगरमाथा आरोहण सुरू गरेका मेलोरीको शव ७५ वर्षपछि फेला परेको थियो । ८ हजार १३८ मिटरको उचाइमा पर्वतारोही कोनार्ड एंकरले उनको शव फेला पारेका थिए । कपडामा नाम लेखिएका कारण मेलोरीको पहिचान सम्भव भएको थियो ।

करिब १०० वर्षपछि मेलोरीले सगरमाथा आरोहणका अनुभव समेटेको पत्र सार्वजनिक हुने भएको छ । उनले लेखेको पत्रलाई डिजिटल स्वरुपमा सार्वजनिक गर्न लागिएको हो । मेलोरीले सन् १९०५ देखि १९०८ सम्म मेगडेल्नी कलेजमा अध्ययन गरेका थिए ।

सगरमाथा आरोहणका क्रममा उनले लखेको पत्र र अन्य पत्र समेत समावेश गरेर कलेजले मेलोरी निधनको शतवार्षिकीको अवसरमा पत्रको डिजिटल स्वरुप सार्वजनिक गर्न लागेको हो । त्यसको नाम जर्ज मेलोरी: मेगडेल्नी टू द माउन्टेन राखिएको छ । जुन २० मा यो पत्र सार्वजनिक हुनेछ ।

सगरमाथा आरोहणका क्रममा मेलोरी आफ्नो तयारी, पर्वतारोहण सामग्रीको परीक्षण, आफ्नो आशा र सम्भावनाबारे उल्लेख गरेका छन् । यस्तै, त्यसपत्रमा उनले पर्वतारोहणका कठिन पक्षबारे पनि उल्लेख गरेका छन् ।

खराब मौसम र स्वास्थ्यका कारण उब्जिएका आशंका र असफलताबारे पनि लेखेका छन् । सन् १९२४ को मे २८ मा मेलोरी सगरमाथामा बेपत्ता भएका थिए । तर त्यसको एक दिनअघि मे २७ १९२४ मा उनले श्रीमतीको नाममा पत्र लेखेका थिए ।

‘समग्रमा यो समय मेरा लागि निकै खराब रह्यो । मैले धेरै प्रयत्न र संघर्ष गरेँ । टेन्टबाट बाहिर नियाल्दा मैले आशा गुमाइरहेको छु । मैले निरासाजनक परिस्थिति नियालिरहेको छु’, सार्वजनिक पत्रमा उल्लेख छ ।

पत्रमा उनले मृत्युसँगको नजिकको साक्षात्कारबारे पीडादायी वर्णन पनि गरेका छन् । पैतालामुनिको भुभाग भासिएको क्षण, आधा दृष्टि गुमाउँदै सास फेर्न कठिन भएको परिस्थिति उनको पत्रमा उल्लेख छ । जहाँसुकै पुगेपनि मेलोरीले श्रीमतीलाई पत्र लेख्ने गरेको पत्रका संकलक क्येटी ग्रीनले बताए । मेलोरीले श्रीमतीलाई लेखेका अन्य पत्रसमेत डिजिटल बनाइएको ग्रीनको भनाइ छ ।

यसैक्रममा सन् १९९१४ देखि सन् १९२४ सम्मका ८४० पत्रमा त्यसमा संग्रहित छन् । जसमा श्रीमतीले उनलाई दिएको जवाफी पत्र समेत संलग्न गरिएको छ । पत्रको संग्रह उनको साहसको प्रतिविम्ब रहेको जोचेन हेमलेम्बले सीएनएनसँग बताएका छन् । मेलोरीको शव खोज्न सगरमाथा जाने टोलीमा जोचेन समेत थिए ।
‘यी पत्रहरु नितान्त व्यक्तिगत छन् । यसले मेलोरीको चरित्रको व्याख्या गर्छ । उनको जीवन के थियो भन्ने जानकारी दिनेछ । यस पत्र संग्रहमा सन् १९२४ मा सगरमाथा आरोहणका क्रममा उनको मनस्थिति, योजना र महत्वाकांक्षाको अवस्था उल्लेख छ । यो निकै महत्वपूर्ण दस्तावेज हो । डिजिटल स्वरुपमा सबै पाठकका समक्ष ल्याउने काम निकै सह्राहनीय छ’, उनले भनेका छन् ।

यात्राका क्रममा श्रीमतीबाट प्राप्त जवाफी पत्रले चुनौतीको समयमा मेलोरीले हौसला प्राप्त गरेको वर्णन उनले गरेको पत्रलाई डिजिटल बनाउने काममा संलग्न सदस्यहरुले बताएका छन् । तीमध्ये तीनवटा पत्र उनको शवबाटै संकलन गरिएको थियो ।

परिवारको अनुरोधमा उनको शव सगरमाथा क्षेत्रमै अत्येष्टी गरिएको एंकरले सीएनएनसँग बताएका छन् । ‘त्यो उचाइबाट शव ल्याएर अन्यत्र अन्त्येष्टीका लागि निकै कठिनाइ र खतरनाक थियो । त्यसैले उनका केही व्यक्तिगत कुराहरु हामीले संकलन गर्‍यौँ र रोयल जियोग्राफिकल सोसाइटीको जिम्मा लगायौँ’, उनले भने ।

सगरमाथा विश्वकै अग्लो हिमाल हो । नेपालीमा यसलाई सगरमाथा भनिएपनि तिब्बती भाषा चोमोलोङ्मा भनिन्छ । १९ औँ शताबन्दी अघि यसको नाम थिएन । सन् १८६५ मा रोयल जियोग्राफिकल सोसाइटीले यसको नाम माउन्ट एभरेस्ट राख्यो ।

बेलायती सर्भेक्षक जर्जर एभरेस्टको नामबाट यसको नाम राखिएको थियो । सन् १९२१ र १९२२ मा पनि उनले सगरमाथा आरोहणबारे छलफल गरेका थिए । सन् १९२४ मा उनी आरोहणका लागि जाँदा ३८ औँ जन्मदिनको पूर्वसन्ध्यामा संसारबाटै विलिन भए । ‘बालबालिका र परिवार छोडेर उनी आरोहणका लागि निस्किए। पहिलो प्रयास निकै जोखिमयुक्त नै थियो । उनी साहस बेकर निस्किएर नियतीले उनको सासनै रोकिन पुग्यो’, हेमबेल्मले सीएनएनसँग भनेका छन् ।

त्यसबेला सगरमाथाको चुचुरो चुमेर फर्किन सफल हुन्थे भने विश्वले उनलाई सगरमाथा पुग्ने पहिलो आरोहीका रूपमा चिन्नेथियो । सन् १९५३ मे २९ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरी पहिलो आरोहीका रूपमा आफूलाई चिनाए ।

त्यसेबलादेखि हालसम्म धेरैले सगरमाथा चढ्ने प्रयत्न गरे । करिब ४ हजार जना आरोहणमा जाँदा ३ सय ३० ले हालसम्म ज्यान गुमाउनुपरेको तथ्यांक छ । ‘आठ हजार मिटरको उचाइमा सबै कुरा परिवर्तन हुन्छ । मौसम देखि शारिरिक प्रणाली दुबैमा परिवर्तन आउँछ । अक्सिजनको कमीका कारण निकै प्रतिकुल परिस्थिको समाना गर्नुपर्छ,’ एंकरले भन्छन् ।

आरोहणको अन्त्यतिर आरोहीहरुमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्छ । लेक लाग्नेदेखि ज्वरो लगायतका समस्या उनीहरुले व्यहोर्न सक्छन् । मेलोरीलाई पनि यस्तै समस्या भएको हुनसक्ने अनुमान गरिएको थियो ।

आरोहणको विषयलाई उनले प्रतिष्ठा बनाएकाले पनि सदाको लागि अस्ताएको उनका सहकर्मीहरु बताउँछन् । मेरोसँग एडवार्ड नोर्टन पनि पुगेका थिए । तर उनले आरोहण त्यागेर फर्किए । हेम्बेलम्बले नोर्टनका छोरासँग सोधेका थिए, ‘सँगै गएका तिम्रा बा फर्किनु र मेलोरी मर्नुको घटना तिमी कसरी लिन्छौँ ?’

नोर्टनका छोराले भने, ‘मेरा बाले आफू सगरमाथा चढ्नका निम्ति सक्षम नभएको समयमै बुझे।’

उनको जवाफ आरोही हेम्बलेम्बको चित्तमा लाग्यो । ‘आरोहणमा सबै कुरामा आफैँमा निर्भर हुनुहुँदैन । जोखिमयुक्त काममा निकै चनाखो र सजग हुनुपर्छ भन्ने पाठ मैले नोर्टनका छोराको जवाफ र मेलोरीको घटनाबाट सिकेँ’, उनले भने ।

१७ बैशाख २०८१, सोमबार १६:०२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading