20, Jun, 2024

भोजपुर बालङ्खाबाट छुटेको बोलेरो दूधकोशी किनारमा खस्यो, २ को मृत्यु १२ यात्रु घाइते

बागमती भ्वाइस
बागमती भ्वाइस
१७ बैशाख २०८१, सोमबार १५:४५ | १ महिना अगाडी

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका-८ पारकुवामा बोलेरो दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

बालुङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को. १ ज २६१७ नम्बरको बोलेरो दूधकोशी नदी किनारमा खसेको थियो । दुर्घटनामा आमचोक-१० की २७ वर्षीया रुना राई र ३६ वर्षीया शान्ति राईको मृत्यु भएको हो ।

रुनाको घटनास्थलमा र उपचारका लागि धरान घोपा लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दलकुमार राईले जानकारी दिए ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेहरूमा धरान ५ सुनसरीकी ७ वर्षीया आशिका राई, धरान ५ का ५० वर्षीय खानुहाङ राई, आमचोक-१० का सफल राई, ६० वर्षीय वीरबहादुर राई, ३० वर्षीय सुमन राई, ६ वर्षीया सृष्टी राई, ३१ वर्षीया सरस्वती राई, ६ महिने बालक अनरप राई, चालक प्रकाश राई, धरान १३ का १३ वर्षीय शाहिमान राई, लीजा राई र धरानकी ३५ वर्षीया सृजना राई रहेको प्रहरीले जनाएको छ ।

बोलेरोमा १४ जना सवार थियो । घाइते १२ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

१७ बैशाख २०८१, सोमबार १५:४५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading