28, Apr, 2024

सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा गरेको पुनरावेदनको पहिलो पेशी तोकियो

बागमती भ्वाइस
बागमती भ्वाइस
१५ चैत्र २०८०, बिहीबार १८:२६ | १ महिना अगाडी

काठमाडौं । सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा गरेको पुनरावेदनको पहिलो पेशी तोकिएको छ । चैत २३ गतेलाई पेशी तोकिएको अदालत स्रोतले जानकारी दियो ।

उच्चले आज पहिलो तारेखका लागि सन्दीपलाई बोलाएको थियो । सन्दप् अदालतमा हाजिर भएर पेशी बुझेका छन् ।

यसअघि जिल्ला अदालत काठडमाडौंले बलात्कार मुद्दामा सन्दीपलाई ८ वर्षको जेल सजाय सुनाएको छ । उक्त सजाय बदरको माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका हुन् ।

१५ चैत्र २०८०, बिहीबार १८:२६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading